काठमाडौं । नेपाल प्रहरीले गैँडाको खागसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले संरक्षित वन्यजन्तु गैँडाको खाग कारोबारमा संलग्न रहेको अभियोगमा सुनसरीका ४९ वर्षीय राजेन्द्र रिजाललाई आज अपराह्न पक्राउ गरेको हो ।
रिजाललाई काठमाडौँ महानगरपालिका–६ चुच्चेपाटीस्थित पासाङल्हामु चोक नजीक गैँडाको खाग बोकेर हिँडिरहेका अवस्थामा पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । अभियुक्तलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला वन कार्यालय हात्तीसार पठाइएको प्रहरीले जनाएको छ ।
यस्तै प्रहरीले कस्तुरीको विनासहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको महानगरीय अपराध महाशाखाले काठमाडौँ महानगरपालिका–१ दरबारमार्गस्थित शालिक चोकबाट काभ्रेपलाञ्चोकका ३९ वर्षीय पासाङ लामा र ३६ वर्षीय रामकुमार लामालाई आज अपराह्न पक्राउ गरेको हो । अभियुक्तसँग प्रहरीले एक थान कस्तुरीको विना र चार थान मोबाइल बरामद गरेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, ०६ कार्तिक २०७७, १८ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति प्रकाश पाण्डे पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गरेको अभियोगमा छ जना पक्राउ
अपहरणपछि युवकमाथि अमानवीय यातना, नग्न बनाएर भिडियो बनाएको आरोपमा श्रम मन्त्रीका चालक पक्राउ
साढे एक किलो चाँदीसहित भक्तपुरबाट एक जना पक्राउ
शर्मा एन्ड कम्पनीका अध्यक्ष रमेश शर्मा पक्राउ
भैरवी गाउँपालिकाकी अध्यक्ष शाही पक्राउ