बुटवलमा थप दुईजना कोरोना संक्रमितको मृत्यु

सफल खबर संवाददाता

विहीबार, ०६ कार्तिक २०७७, १० : ०७
बुटवलमा थप दुईजना कोरोना संक्रमितको मृत्यु

बुटवल । बुटवलमा उपचारको क्रममा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत अर्घाखाँचीको पाणिनि–७ का ३८ वर्षीय र रूपन्देहीको तिलोत्तमा नगरपालिका–४ का ८१ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । 

अस्पतालका अनुसार असोज २२ गते कोरोना पोजिटिभ देखिएपछि अस्पताल भर्ना गरिएका पाणिनिका संक्रमितको बुधबार राति ९ः२४ बजे मृत्यु भएको हो । त्यस्तै, कात्तिक १ गते कोरोना पुष्टि भएका तिलोत्तमाका संक्रमितको बुधबार राति १२ बजेर ७ मिनेटमा मृत्यु भएको हो ।

दुवै संक्रमितलाई आईसियूमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । दुवै जना श्वासप्रश्वास सम्बन्धी समस्या थियो ।


 

प्रतिक्रिया दिनुहोस