काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरीको व्यवहार दुरुस्त भयो भने सङ्गठनकै छवी उच्च हुने बताउनुभएको छ । उहाँले आम नागरिकलाई प्रहरीले गर्ने व्यवहार अझै बढी दुरुस्त, न्यायिक र निष्पक्ष हुनुपर्नेमा उहाँको जोड थियो ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा आज आयोजित विशेष समारोहबीच सोही प्रतिष्ठानमा सञ्चालित ११८०औँ समूहको दीक्षान्त समारोहमा महानिरीक्षक थापाले दीक्षित भइ कार्यक्षेत्रमा खटिने प्रहरी कर्मचारीले देश र जनताको पक्षमा क्षमता देखाउने बेला आएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “तपाईहरु नाम वा व्यक्ति मात्र नभई संस्था एवम् सार्वजनिक व्यक्ति हुनुभएको छ, संस्थागत व्यवहारप्रति सदैव संवेदनशील रहन आग्रह गर्दछु ।” कहिलेकाँही चुनौती अवसरको रुपमा पनि आउने र ती चुनौती तथा समस्याको समाधानका प्रयासले दीक्षित हुने प्रशिक्षार्थीको आगामी दिन निर्धारण गर्ने उहाँले बताउनुभयो ।
जनताले रुचाइएको, निष्पक्ष, प्रविधिमैत्री एवम् जनउत्तरदायी प्रहरीको रुपमा आफूलाई प्रस्तुत गर्न समेत दीक्षित प्रशिक्षार्थीलाई उहाँले निर्देशन दिनुभयो ।
समारोहमा कवाज प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक धर्मेन्द्र खड्का, शारीरिक व्यायाम तथा आत्मबल अभिवृद्धि प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक निरबहादुर बानिया, प्रहरी युक्ति तथा कारबाही प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक धर्मराज खत्री र चाँदमारी प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक प्रवेश कार्कीलाई उहाँले पुरस्कार प्रदान गर्नुभयो ।
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका सहायक डीन डा हरिप्रसाद अधिकारीले प्रहरीलाई थप दक्ष एवम् सक्षम बनाउन समयानुकूल पाठ्यक्रम अबलम्बन गर्नुपर्ने बताउनुभयो । प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्नकुमार कार्कीले शब्दोच्चारणद्वारा प्रशिक्षार्थीलाई सपथ ग्रहण गराउनु भएको थियो ।
विसं २०७६ वैशाख २३ गतेबाट सुरु भएको त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा संचालित पोष्ट ग्रेजुएट डिप्लोमा इन पुलिस साइन्स समावेश भएको उक्त तालिममा आठ महिलासहित कुल १०८ जना प्रहरी निरीक्षकको सहभागिता थियो । प्रशिक्षार्थीले कवाज प्रदर्शन तथा नेपाल प्रहरी सङ्गगीत विद्यालयद्वारा साङ्गीतिक धुन प्रस्तुत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ०५ कार्तिक २०७७, १९ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रहरी जवान पदमा ६७७ पद थप, अब १,८४२ जनालाई अवसर
प्रहरीले सार्वजनिक गर्यो पाठक पक्राउ पुर्जीबारे सूचना
अलपत्र ५६४ यात्रुलाई स्कर्टिङ मार्फत प्रहरीले पठायो गन्तव्यमा
नेपाल प्रहरीले सुरु गर्यो नि:शुल्क बस सेवा, यस्तो छ रुट
राइड सेयरिङ प्रयोगकर्ताले धेरै भाडा लिए १०३ मा फोन गर्न प्रहरीको आग्रह
दुर्घटनामा प्रहरी सहायक निरीक्षकको मृत्यु