काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले कोरोना महामारी झन् विकराल बन्ने सक्ने बताउदैं कोरोना पीडितलाई निशुल्क उपचारको दायित्वबाट भाग्नु सरकारको गैरजिम्मेवार चरित्रको पराकाष्ठा रहेको बताएका छन् ।
सरकारले कोरोना संक्रमितको निःशुल्क उपचार गर्न नसक्ने गरेको निर्णयप्रति बुधबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया व्यक्त गर्दै भट्टराईले सरकारले कोरोना संक्रमितको उपचार नगर्ने निर्णय पैसाको अभावले गरेको हो भनेर मान्न नसकिने पनि तर्क गरेका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्,‘कोरोनापीडितलाई निस्शुल्क उपचारको दायित्वबाट भाग्नु सरकारको गैरजिम्मेवार चरित्रको पराकाष्ठा हो ।
यसले महामारी झन् विकराल बन्नेछ ।’सरकारले भ्रष्टाचार र फजुलखर्च रोके मात्रै पुग्ने डा. भट्टराईले उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘अस्पतालमा धनीले दिन चाहे दानपात्र राखौँ तर सबैको निशुल्क उपचार गरौँ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ कार्तिक २०७७, १० : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भोलि भारत जाँदै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई
रास्वपाको वाचापत्रले युवा अपेक्षामा सानो आशा जगायो : डा. बाबुराम भट्टराई
डा. बाबुराम भट्टराई गोरखा-२ बाट चुनाव लड्ने
बालेन र डा. बाबुराम भट्टराईबीच भेटवार्ता, के भयो छलफल ?
निर्वाचनको विकल्प छैन: डा. बाबुराम भट्टराई
डा. बाबुराम भट्टराईले दिए पार्टी अध्यक्षबाट राजीनामा