बुटवल । बुटवलमा उपचारको क्रममा थप दुईजना कारोना संक्रमितको मृत्यु भएको छ । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत बुटवल उपमहानगरपालिका–११ देवीनगर र बुटवल–१७ मोतीपुरका बासिन्दा छन् ।
असोज २४ गते कोरोना पोजिटिभ देखिएपछि अस्पताल भर्ना गरिएका देवीनगरका ४७ वर्षीय पुरुषको मंगलबार राति १ः१० बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।
त्यस्तै, असोज २७ गते पोजिटिभ नतिजा आई अस्पताल ल्याइएका मोतीपुरका ८१ वर्षीय पुरुषको बुधबार बिहान ५ बजे मृत्यु भएको गौतमले बताए । अस्पतालका अनुसार उनमा उच्च रक्तचापको समस्या थियो । दुवै बिरामी भेन्टिलेटरमा उपचाररत रहेका थिए । यससँगै उक्त अस्पतालमा मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ कार्तिक २०७७, ०८ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना अपडेट : एक सातामा ३५ जनामा सङ्क्रमण
टेकु अस्पतालमा ५ जनामा कोरोना संक्रमण, एक जना भर्ना
भारतका १६ राज्यमा फैलियो कोरोना संक्रमण