काठमाडौं । धनगढीको जुगेडास्थित अस्थायी प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साँउदको हत्याको आरोपमा प्रहरीले आज सात जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका –१० का पर्कु भन्ने रोहित राना, सोही ठाउँका राजेन्द्र राना, चोर भन्ने सुरेश राना, गब्बर भन्ने राजकुमार राना, रामनिवास राना, टल्लु भन्ने दलराम राना र गोपाल भन्ने रामगोपाल राना रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो ।
ती प्रहरीको गत असोज १ गते जुगेडाको दक्षिणी भागमा राति गस्ती गर्ने क्रममा धनगढी– १० स्थित मोहना नदीबाट अन्दाजी ४०० मिटर उत्तरमा सिमामा अवैध समानहरुको तस्करी गरी रहेको समूहलाई नियन्त्रणमा लिने क्रममा हत्या भएको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ०४ कार्तिक २०७७, २१ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजी आन्दोलनमा प्रहरीको बर्दी लगाउँदै लुटपाट र आगजनी गरेको आरोपमा तीन जना पक्राउ
नख्खु कारागारबाट फरार भएका लामा काठमाडौँको गुजेश्वरि मन्दिरबाट पक्राउ
प्रहरी वृत्त महाराजगञ्जका जवान थापाको हत्यामा संलग्न थप दुई जना पक्राउ
पेस्तोलसहित एक जना पक्राउ
लागु औषधसहित एक युवक पक्राउ
सात किलो गाँजासहित तीन भारतीय नागरिक पक्राउ