टक्सन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मतदानको दिन नजिकिदै जाँदा सवैतिर थप आक्रामक देखिदै आउनुभएको छ ।
अमेरिकी उच्च ओहोदामा रहेका र अति सम्मान गरिने विज्ञ डा. एन्थोनी फाउचीप्रति उहाँले सोमबार आक्रोस व्यक्त गर्नुभएको छ ।
देशको पश्चिमी क्षेत्रको भ्रमणको तेस्रो दिनमा उहाँले चुनावी अभियानका क्रममा भोगेकामध्ये सवैभन्दा नराम्रो दवाव भोग्नु प¥यो । चुनावी अभियानका क्रममा उहाँले विवादास्पद र कतिपयले अति मन नपराउने अभिव्यक्तिहरु दिनुभएको छ ।
उहाँले फाउचीलगायतका विज्ञहरुमाथिको उहाँको अभिव्यक्ति सवैभन्दा विवादास्पद अभिव्यक्ति भएको छ । उच्च तहका विज्ञ फाउचीलाई उहाँले टिभीमा जादै बोलिरहने र देश र जनतालाई भाँड्ने सरकारलाई असहयोग गर्ने पात्रको रुपमा चित्रित गर्नुभएको छ ।
“फाउची र उनीहरु जस्तै अरु धेरैका कुरा सुन्दा सुन्दा जनता आजित भइसकेका छन्, उनीहरु आफैमा प्रकोप हुन, उनीहरुका कारणले नै यहाँको अवस्था विग्रिएको हो,” ट्रम्पले भन्नुभएको छ ।
त्यसैगरी कोरोनाभाइरसका बारेमा उहाँले दिनुभएको अभिव्यक्ति पनि आलोचित भइरहेको छ ।
“म डराएको आत्तिएको छैन,” टक्सन, अरिजोनालगायतका क्षेत्रमा जानुअघि पत्रकारहरुसँग उहाँले भन्नुभयो ।
“मलाई लाग्छ म आक्रामक रुपमा दौडिरहेको छु, म धेरै खुशी पनि छु, मैले राम्रो गरिरहेको छु र म सन्तोषजनक अवस्थामा छु,” उहाँले भन्नुभयो ।
उहाँले आफुहरुले जित्ने विश्वास र आधार देखिएको दावी गर्दै आफ्नो फेरि जित हुने देखेर केही समूहहरु आत्तिएको टिप्पणी पनि गर्नुभयो ।
उहाँले यसअघि सन् २०१६ मा चुनाव लडेको बेलामाभन्दा अहिले सहज महसुस गरिरहेको र अहिले आफुहरु ठिक अवस्थामा रहेको पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ०४ कार्तिक २०७७, १३ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रम्पले गरे युक्रेनको सुरक्षा ग्यारेन्टीबारे छलफल
युक्रेन युद्धविरामको जिम्मेवारी जेलेन्स्कीको काँधमा : ट्रम्प
युक्रेनबारे ट्रम्प–पुटिन भेटवार्ता आज
ट्रम्प-पुटिन वार्ता हुनुअघि अमेरिका र बेलायतले गरे युक्रेनसँग बैठक
ट्रम्प–पुटिन भेटवार्ता हुने निश्चित, युक्रेन युद्ध अन्त्यबारे छलफल हुने
अमेरिकामा रुसी रसायन र किटनाशक औषधि आयातबारे केही थाहा छैन : ट्रम्प