काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मुलुकका सबै विद्यालयका कक्षा ११ को नयाँ पाठ्यक्रम यसै शैक्षिक सत्रदेखि लागू गरिएको स्पष्ट गरेको छ ।
निजी विद्यालय तथा उच्चशिक्षालय सङ्घ ९हिसान० लगायतले असहमित जनाएका कारण उक्त पाठ्यक्रम तत्काल लागू हुनेमा अन्योल सिर्जना भएकाले आज मन्त्रालयले उक्त धारणा सार्वजनिक गरेको हो ।
मन्त्रालयका उपसचिव विदुरराज गिरीले आज विज्ञप्ति जारी गरी ‘विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६’ बमोजिम नयाँ पाठ्यक्रम लागू भएकामा केही विद्यालयले पुरानै पाठ्यक्रमअनुसार पठन पाठन गराउने तयारी गरेको गुनासो आएकाले नयाँ पाठ्यक्रमअनुसार नै विद्यार्थीको मूल्याङ्कन गरिने जनाउनुभएको हो ।
उक्त नयाँ पाठ्यक्रममा नयाँ विषयका रुपमा ‘सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा’ लाई अनिवार्य विषयमा समावेश गरिएको छ । मन्त्रालयले नयाँ पाठ्यक्रमको कार्यान्वयनबारे अनुगमन गर्न स्थानीय तहलाई आग्रह पनि गरेको छ ।
नयाँ पाठ्क्रमबारे पाठ्यक्रम विकास केन्द्रले यसअघि सूचना जारी गरिसकेको छ । पाठ्यक्रमको मुद्रणीय प्रति प्रकाशन तथा शिक्षक अभिमुखीकरणको तयारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०३ कार्तिक २०७७, १९ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षाबाहेकका विषय पढेकाले पनि शिक्षक लाइसेन्स परीक्षा दिन पाउने सहमति
शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठक सर्यो
निजी विद्यालय गुठी र कम्पनीमै स्थापना र संचालन गर्न प्रस्ताव
शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त
शिक्षासहित तीनवटा समितिको बैठक बस्दै
शिक्षा मन्त्रालयले विदेशी विश्वविद्यालयबाट सम्बन्धनप्राप्त कलेजहरूको अनुगमन गर्ने