गैंडाकोटमा होम आईसोलेसनमा रहेका एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु

सफल खबर संवाददाता

सोमबार, ०३ कार्तिक २०७७, १२ : १२
गैंडाकोटमा होम आईसोलेसनमा रहेका एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु

नवलपरासी । नवलपरासीको गैंडाकोटमा होम आइसोलेसनमा रहेका  एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । असोज ३० गते कोरोना पुष्टि भएका गैंडाकोट नगरपालिका–१२ का ८५ वर्षीय पुरुषको आइतबार राति मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख झलक राज पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार सेनाले उनको शव व्यवस्थापन गरेको छ । यससँगै पूर्वी नवलपरासीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगिसकेको छ । गैंडाकोट नगरपालिकामा मात्र ४ जनाले ज्यान गुमाएका छन् । जिल्लामा सोमबारसम्म १ हजार ४ सय १२ जना संक्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस