चितवन । चितवनमा थप एकजना कोरोना संक्रमित बृद्ध पुरुषको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत भरतपुर महानगरपालिका–४ का ७६ वर्षिय पुरुषको मृत्यु भएको हो ।
ज्वरो, खोकी, तथ श्वासप्रश्सासमा समस्या भएपछि उनी असोज २० गते अस्पताल भर्ना भएका थिए । कोभिड आईसियूमा राखेर उपचार गर्दागर्दै आज सोमबार बिहान ४ बजेर १ मिनेटमा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।
परिक्षणको क्रममा उनमा असोज २० गते कोभिड १९ पुष्टि भएको थियो । अस्पतालका अनुसार बिरामीमा उच्च रक्तचाप, प्रोष्टेट र थाइराईडसंग सम्मबन्धित रोगहरु रहेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०३ कार्तिक २०७७, १० : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना अपडेट : एक सातामा ३५ जनामा सङ्क्रमण
टेकु अस्पतालमा ५ जनामा कोरोना संक्रमण, एक जना भर्ना
भारतका १६ राज्यमा फैलियो कोरोना संक्रमण