धरानमा थप एकजना कोरोना संक्रमित बृद्धको मृत्यु

सफल खबर संवाददाता

सोमबार, ०३ कार्तिक २०७७, १० : १६
धरानमा थप  एकजना कोरोना संक्रमित बृद्धको मृत्यु

विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एकजना कोरोना संक्रमितको एक बृद्धको उपचारको क्रममा मृत्यु भएको छ ।  प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार इटहरी २० का स्थानीय ७८ वर्षीय बृद्धको उपचारका क्रममा सोमबार बिहान ३ बजेर ५ मिनेटमा मृत्यु भएको हो ।

स्वास्थ्य अवस्थामा समस्या देखिएपछि प्रतिष्ठानको प्रयोगशालामा दोस्रो पटक कार्तिक १ गते गरिएको पिसिआर परीक्षणका क्रममा बृद्धको रिपोर्ट पोजिटिभ नै आएको थियो ।  यसअघि असोज १८ गते उनको रिपोर्ट पोजिटिभ आएको थियो । बृद्धमा रक्तअल्पता (९हेमोग्लोबिन) र ग्यासट्राइटिसको समस्याबाट उनी ग्रसित रहेको अस्पतालले जनाएको छ । 

बृद्धको थप उपचारका क्रममा असोज १९ गते प्रतिष्ठानको कोभिड १९ अस्पतालमा भर्ना गरि उपचार भइरहेको थियो । प्रतिष्ठानमा हाल सम्म ६३ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।


 

प्रतिक्रिया दिनुहोस