उपत्यकामा कोरोना संक्रमितको संख्या ५३ हजार नाघ्यो

सफल खबर संवाददाता

आइतबार, ०२ कार्तिक २०७७, १० : ०३
उपत्यकामा कोरोना संक्रमितको संख्या ५३ हजार नाघ्यो

काठमाडौं । कोरोनाभाइरस संक्रमितको संख्या  काठमाडौं उपत्यकामा ५३ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या ५३ हजार ६ सय ८६ पुगेको हो । 

संक्रमितमध्ये काठमाडौंमा मात्रै ४३ हजार ३०६ जना रहेका छन् भने ललितपुरमा ६ हजार ९० र भक्तपुरमा ४ हजार २९० जना रहेका छन् । 

यसैगरी काठमाडौंमा हालसम्म २५ हजार ९७४ जना निको हुँदा १५६ जनाले ज्यान गुमाएका छन् । हाल काठमाडौंमा १७ हजार १७६ सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । 

यस्तै ललितपुरमा संक्रमितमध्ये ३ हजार ३५० जना निको भएका छन् भने ४७ जनले ज्यान गुमाएका छन् । यस्तै हाल ललितपुरमा सक्रिय संक्रमित २ हजार ६९३ जना रहेका छन् । 

यसैगरी भक्तपुरमा ३ हजार ३७ जना निको हुँदा ३९ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् । हाल भक्तपुरमा १ हजार २१४ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस