आईपीएल : मुम्बईले कोलकातालाई ८ विकेटले हरायो

एजेन्सी

शनिबार, ०१ कार्तिक २०७७, ०८ : १९
आईपीएल : मुम्बईले कोलकातालाई ८ विकेटले हरायो

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हराएको छ । दुबइको अबुधाबीमा गएराति शुक्रबार भएको खेलमा डिफेन्डिङ च्याम्पियन समेत रहेकामुम्बई इन्डियन्सले कोलकातालाई हराउदैं आफ्नो दबदबा कायम राख्न सफल भएको छ । 

कोलकाताले मुम्बईसामु १४९ रनको विजय लक्ष्य पेश गरेको थियो । मुम्बईले सो लक्ष्य १६.५ ओभरमा दुई विकेट गुमाएर सहज रुपमा पूरा गर्यो ।
मुम्बईको जितमा क्विन्टन डि ककले नटआउट ७८ रन बनाए । यस्तै रोहित शर्माले ३५, सूर्यकुमार यादवले १० र हार्दिक पाण्ड्याले २१ रन बनाए । हार्दिक नटआउट रहे । बलिङतर्फ वरुण चक्रवर्ती र शिवम माभीले १–१ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ रोजेको कोलकाताले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १४८ रन बनाएको थियो । कोलकाताको लागि पेट कमन्सिनले नटआउट ५३ रन बनाए । दिनेश कार्तिकले कप्तान छाडेपछि टिमको नेतृत्व गरेका इयान मोर्गानले नटआउट ३९ रन बनाए ।
ओपनर राहुल त्रिपाठी ७ रनमा आउट भए । यस्तै शुभम गिलले २१ रन बनाए । नितिश राना ५ रनमा आउट भए । 

प्रतिक्रिया दिनुहोस