चितवन । डेढ वर्षको छोरासहित राप्तीमा हाम्फालेकी आमाको सकुशल उद्धार गरिएको छ । भरतपुर २२ पटिहानी बोटे टोलकी ३५ वर्षकी हेमन्ती बोटे आज डेढ वर्षको छोरोसहित राप्तीमा हाम्फालेकी थिइन् ।
डेढ वर्षको छोरासहित आमा राप्तीमा हाम्फालेको खबर पाएपछि चितवनको गीतानगर इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीले आमा हेमन्तीको उद्दार गरेको थियो । उद्धार भएको ठाउँदेखि दुई किलोमिटर तल डेढ वर्षको छोरोको शव फेला परेको प्रहरीको भनाइ छ । प्रहरीले हेमन्ती बोटेलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको छ । नदीमा हाम्फाल्नुको कारण प्रहरीले फेला पार्न सकेको छैन ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० असोज २०७७, १५ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौका स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ
भोजपुरबाट सुत्केरी र शिशुको उद्धार
सुन्दरीजल खोलामा फसेका चार भारतीयसहित पाँचजनाको उद्धार
रसुवागढी हाइड्रोपावरमा फसेका २३ जनाको हेलिकप्टरमार्फत उद्धार
त्रिशूली नदीमा फसेका दुई जनाको हेलिकोप्टरमार्फत उद्धार
नारायणी नदीमा बग्दै आएका पुरुषको जीवितै उद्धार