चितवन । चितवनमा २ वर्षका बालकसहित थप ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड १९ ल्यावमा गरिएको ३ सय ५ जनाको स्वाब परीक्षणमा ५५ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमितमध्ये ५१ जना चितवनका हुन् भने अन्य ४ जनामा तीन जना पाल्पाका र एक जना रूपन्देहीका छन् । भरतपुर अस्पतालले बिहीबार राति सार्वजनिक गरेको परीक्षण रिपोर्ट अनुसार भरतपुरका २ वर्षीय बालकसहित ९ पुरूष र ८ महिलामा संक्रमण पुष्टि भएको छ ।
यस्तै राप्तीका ११ पुरूष र ९ महिला, खैरहनीका ४ पुरूष र ४ महिला, रत्ननगरका १ पुरूष र कालिकाका २ पुरूष र ३ महिलामा संक्रमण पुष्टि भएको भरतपुर अस्पतालको कोभिड(१९ प्रयोगशालाले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० असोज २०७७, ०८ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना अपडेट : एक सातामा ३५ जनामा सङ्क्रमण
टेकु अस्पतालमा ५ जनामा कोरोना संक्रमण, एक जना भर्ना
भारतका १६ राज्यमा फैलियो कोरोना संक्रमण