आइपिएल : पञ्जाबद्धारा बैंगलोर ८ विकेटले पराजित

एजेन्सी

शुक्रबार, ३० असोज २०७७, ०८ : १६
आइपिएल : पञ्जाबद्धारा बैंगलोर ८ विकेटले पराजित

एजेन्सी । ईण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा किङ्स इलेभेन पञ्जाबले रोयल च्यालेन्जर्स बैंगलोरलाई ८ विकेटले पराजित गरेको छ ।

 युएईको शारजाह क्रिकेट स्टेडियममा बिहीबार राति सम्पन्न खेलमा पंजाब जित निकाल्न सफल भएको हो । जितका लागि प्राप्त १७२ रनको लक्ष्य पञ्जाबले अन्तिम ओभरको अन्तिम बलमा छक्का प्रहार गर्दै हालिस गरेको हो। केएल राहुल र क्रिस गेलको आक्रामक ब्याटिङका सामु बैंगलोरका बलरहरु निरिह भएका थिए ।

यो जितका साथ पञ्जाबले लगातार हारको सिलसिला पनि तोडेको छ। यो खेलसँगै पञ्जाबको अंक बढेर ४ भएको छ, तर पञ्जाब अझै अंक तालिकाको पुछारमा छ । पञ्जाबको जितमा कप्तान केएल राहुल र क्रिस गेलले अर्धशतकीय इनिङ्स खेले। राहुलले ४९ बलमा अविजित रहँदै ६१ रन बनाए भने गेलले ४५ बलमा ५३ रनको योगदान दिए । गेलले आइपिएलको यो सिजनमा पहिलो खेल खेलेका हुन् । यस्तै मायांक अग्रवालले ४५ रन बनाए ।

बैंगलोरका युजभेन्द्र चाहलले १ विकेट लिए। यस अघि टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो । ८ खेलमा पुछारको पन्जाबको यो केवल दोस्रो जित हो ।

प्रतिक्रिया दिनुहोस