म्युजिक भिडियो ‘सुनरीमै’ सार्वजनिक, भिडियोको दर्शकद्वारा प्रसंशा

प्रकाश सिग्देल

विहीबार, २९ असोज २०७७, १७ : ५५
म्युजिक भिडियो ‘सुनरीमै’ सार्वजनिक, भिडियोको दर्शकद्वारा प्रसंशा

काठमाडौं । अष्ट्रेलियामा बसेर पनि नेपाली गीतसंगीतको संरक्षण र प्रवद्र्धन लागेका  नवलपुर, गैंडाकोटका युवा विश्व गौंडेलको म्यूजिक भिडियो ‘सुनरीमै’ सार्वजनिक भएको छ ।

ब्लेक ब्रोस इन्टरटेनमेन्टको युट्युव च्यानलमा सार्वजनिक गरिएको ‘सुनरीमै’ गीतको म्युजिक भिडियो ७ मिनेटको रहेको छ  । 

गीतको भिडियो पनि निकै स्तरीय बनेको छ । गीतमा दिपक शर्माले संगीत दिएका छन् भने चर्चित कलाकारहरु प्रमोद खरेल र मेलिना राईले स्वर दिएका छन् ।  

जीवन रसाईलीले निर्देशन गरेको भिडियोमा सामाजिक सञ्जाल टिकटकबाट चर्चामा आएका टीकटक स्टार प्रिन्सी, प्रिस्मा र नाजिर हुसेनको अभिनय रहेको छ ।

भिडियोमा उनीहरुको निकै स्तरीय अभिनय देख्न पाइन्छ । पछिल्लो समय कलासंस्कृति, रितिरिवाजसँगै मौलिकपना झल्किने नेपाली गीतसंगीत युवाहरुले भुल्न थालेको र पाश्चात्य संस्कृति हाबी हुँदै जान थालेकाले नेपाली गीत संगीतको संरक्षणका लागि यो म्यूजिक भिडियोसहितको गीत बजारमा ल्याएको अस्टे«लियामा रहेका युवा विश्व गौंडेलले बताए । 

नेपाली गीतसंगीत बिश्वमै उत्कृष्ट रहेकोले अस्ट्रेलियामा पनि नेपाली गीत संगीतको संरक्षण र प्रर्वधनमा लागेको उनको भनाइ छ । गौंडेलले नेपाली गीतसंगीतको संरक्षणकै लागि पहिलो कोसेलीको रुपमा ‘सुुनरीमै’ बजारमा ल्याएको बताए । म्युजिक भिडियो दर्शकहरुले निकै मन पराएका छन् ।

 

प्रतिक्रिया दिनुहोस