एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका १४ वर्षका छोरा ब्यारन पनि कोरोना संक्रमित भएको खुलेको छ । ट्रम्पकी श्रीमती मेलानिया ट्रम्पले यो कुराको जानकारी दिँदै पछि उनको परीक्षण नेगेटिभ आएको बताएकी छिन् ।
मेलानिया ट्रम्पले छोरालाई कोरोना संक्रमण भएको बारे भनिन्, ‘आफूलाई जे कुराको डर थियो, त्यहि भयो । ब्यारनको परीक्षण पोजेटिभ आयो । तर सौभाग्यले राम्रो कुरा के भयो भने उनी एक बलियो किशोर हुन् र अब उनलाई संक्रमणको कुनै पनि लक्ष्य छैन ।’
यसअघि दुई अक्टोबरमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एक ट्वीट गरेर आफू र मेलानिया ट्रम्पको कोरोना संक्रमणबारे जानकारी दिएका थिए ।राष्ट्रपति ट्रम्प र उनकी श्रीमतीबाहेक ह्वाइट आउसका थुप्रै कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको थियो तर उनीहरु सबै अहिले ठिक भइसकेका छन् ।
बुधबार ट्रम्पले आयोवामा एक चुनाव अभियानमा जानुअघि पत्रकारसँगको कुराकानीमा उनका कान्छो छोरा अहिले ठिक भएको जानकारी दिए ।
पछि उनले चुनाव र्यालीको क्रममा भनेका थिए, ‘उनी केही समयका लागि कोरोनाद्वारा संक्रमित भएका थिए ।’
ट्रम्पले भने, ‘मलाई लाग्दैन कि उनलाई कोरोना संक्रमण भएको छ भनेर थाहा छ । उनी अहिले युवा नै छ र उनको रोग प्रतिरोधी क्षमता निकै राम्रो छ र उनी योसँग लड्न पूर्ण रुपमा सक्षम छन् । ’
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २९ असोज २०७७, ११ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हामीले इरानलाई जित्यौँ : ट्रम्प
इरानको हवाई प्रतिरक्षा प्रणाली, वायुसेना, नौसेना र नेतृत्व समाप्त भएको ट्रम्पको दाबी
इरानी हमलाबाट मारिने अमेरिकी सैनिकको संख्या बढ्न सक्ने ट्रम्पको दाबी
'पाकिस्तान–अफगानिस्तान युद्धमा अमेरिकाले हस्तक्षेप गर्न सक्छ' : ट्रम्प
विश्वव्यापी रूपमा १५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
सर्वोच्चको फैसलाप्रति ट्रम्पको असन्तुष्टि, विश्वव्यापी आयातमा १५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा