एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका १४ वर्षका छोरा ब्यारन पनि कोरोना संक्रमित भएको खुलेको छ । ट्रम्पकी श्रीमती मेलानिया ट्रम्पले यो कुराको जानकारी दिँदै पछि उनको परीक्षण नेगेटिभ आएको बताएकी छिन् ।
मेलानिया ट्रम्पले छोरालाई कोरोना संक्रमण भएको बारे भनिन्, ‘आफूलाई जे कुराको डर थियो, त्यहि भयो । ब्यारनको परीक्षण पोजेटिभ आयो । तर सौभाग्यले राम्रो कुरा के भयो भने उनी एक बलियो किशोर हुन् र अब उनलाई संक्रमणको कुनै पनि लक्ष्य छैन ।’
यसअघि दुई अक्टोबरमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एक ट्वीट गरेर आफू र मेलानिया ट्रम्पको कोरोना संक्रमणबारे जानकारी दिएका थिए ।राष्ट्रपति ट्रम्प र उनकी श्रीमतीबाहेक ह्वाइट आउसका थुप्रै कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको थियो तर उनीहरु सबै अहिले ठिक भइसकेका छन् ।
बुधबार ट्रम्पले आयोवामा एक चुनाव अभियानमा जानुअघि पत्रकारसँगको कुराकानीमा उनका कान्छो छोरा अहिले ठिक भएको जानकारी दिए ।
पछि उनले चुनाव र्यालीको क्रममा भनेका थिए, ‘उनी केही समयका लागि कोरोनाद्वारा संक्रमित भएका थिए ।’
ट्रम्पले भने, ‘मलाई लाग्दैन कि उनलाई कोरोना संक्रमण भएको छ भनेर थाहा छ । उनी अहिले युवा नै छ र उनको रोग प्रतिरोधी क्षमता निकै राम्रो छ र उनी योसँग लड्न पूर्ण रुपमा सक्षम छन् । ’
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २९ असोज २०७७, ११ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्यानाडाली सामानमा १० प्रतिशत कर वृद्धि ट्रम्पको घोषणा
ट्रम्पद्वारा क्यानाडासँगको सबै व्यापार वार्ता तत्काल समाप्त
ह्वाइट हाउसमा ट्रम्पले बाले दियो, मनाए दिपावली
ट्रम्प र पुटिनबीच टेलिफोन वार्ता, ‘ठूलो प्रगति’ भएको ट्रम्पको भनाइ
रुसी तेल नकिन्न मोदी सहमत भएको ट्रम्पको दाबी
इजिप्टमा ट्रम्पले गरे गाजा शान्ति योजनामा हस्ताक्षर