मोरङमा पनि कोरोना सङ्क्रमित एक पुरुषको मृत्यु

सफल खबर संवाददाता

बुधबार, २८ असोज २०७७, ०९ : २५
मोरङमा पनि कोरोना सङ्क्रमित एक पुरुषको मृत्यु

मोरङ । मोरङको बूढीगङ्गा गाउँपालिका–३ का कोरोना सङ्क्रमित एक पुरुषको उपचारको क्रममा विराट शिक्षण अस्पतालमा मृत्यु भएको छ ।

बुढीगङ्गास्थित शिक्षण अस्पतालको आइसोलेसनमा उपचाररत ६० वर्षीय पुरुषको मङ्गलबार राति मृत्यु भएको आइसोलेसन प्रमुख सुनिल देवले बताए । 

मृतकलाई यही असोज १५ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि आइसोलेसनमा उपचारका लागि भर्ना गरिएको थियो । उनी श्वासप्रश्वास र मृगौलासम्बन्धी दीर्घ रोगी थिए ।

प्रतिक्रिया दिनुहोस