काठमाडौं । महालक्ष्मी विकास बैंकले ऋणीहरुले असोज मसान्त भित्र तिनुपर्ने कर्जाको ब्याज भुक्तानी गरेमा भुक्तानी भएको ब्याज रकममा १० प्रतिशत छुट दिने निर्णय गरेको छ ।
बैंकले व्याज रकममा १० प्रतिशत छुट असोज मसान्तभर प्रदान गर्ने जानकारी दिएको छ । कोरोनाभाइरसको विषम परिस्थितिलाई मध्यनजर गर्दै बैंकले केही कर्जाहरुमा व्याजदर समेत घटाइएको जनाइएको छ ।
बैंकले देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुका १०२ वटा शाखा तथा ३४ वटा एटिएमहरुमार्फत सेवा प्रदान गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ असोज २०७७, १५ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
आन्दोलनबाट बैंकका ६८ कार्यालयमा क्षति, बैंकिङ सिस्टममा समस्या नरहेको गभर्नरद्वारा जानकारी
एक दर्जन बैंकले बढाए खराब कर्जा, कुनकाे कति ?
बैंकहरुको निर्णय : आजदेखि मुद्दती निक्षेपको ब्याजदर झन् घट्यो
बैंकहरूको नाफा १.४ प्रतिशत मात्रै बढ्यो, कसको कति ?
बैंकहरूको नाफा ४.६ प्रतिशत घट्यो, कसले कमाए कति ?