दमौली । तनहुँमा एक चितुवा मृतावस्थामा फेला परेको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१ अमारेगाउँमा मृतावस्थामा चितुवा फेला परेको हो । भाले चितुवा मृतावस्थामा फेला परेको डिभिजन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले बताए ।
विगत एक वर्षको अवधिमा तनहुँका विभिन्न स्थानमा मृत अवस्थामा फेला पर्ने चितुवाको सङ्ख्या सात पुगेको छ । डिभिजन वन कार्यालयका अनुसार भानु नगरपालिका–४ कुमालगाउँ, भानु नगरपालिका–९ बाइसजाँगर, भानु नगरपालिका–७ बगैचागाउँ, भानु नगरपालिका–४ कुमालगाउँ, भानु नगरपालिका–७ वसन्तपुर र व्यास नगरपालिका–५ पतेनीमा चितुवा मृतावस्थामा फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, २७ असोज २०७७, १० : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितुवाले आक्रमण गर्दा महिलाको मृत्यु
बन्दीपुरमा चितुवा समात्न प्राविधिक परिचालन
चितुवा आतङ्कले मेचीनगरवासी त्रसित