चितवन । चितवनमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत भरतपुर महानगरपालिका–१० का ७८ वर्षीय पुरुषको राति ८ः१० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
यही असोज २३ गते कोरोना पुष्टि भएका ती पुरुष २४ गते अस्पताल भर्ना भएका थिए । कोभिड आइसीयूमा उपचार गर्दागर्दै उनको राति मृत्यु भएको अस्पतालले जनाएको छ । चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ असोज २०७७, ०८ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना अपडेट : एक सातामा ३५ जनामा सङ्क्रमण
टेकु अस्पतालमा ५ जनामा कोरोना संक्रमण, एक जना भर्ना
भारतका १६ राज्यमा फैलियो कोरोना संक्रमण