दक्षिण कोरिया पुगेका ११ विद्यार्थीमा कोरोना, नेपालमा परीक्षण गर्दा थियो निगेटिभ

पत्रपत्रिकाबाट

मंगलबार, २७ असोज २०७७, ०८ : २६
दक्षिण कोरिया पुगेका ११ विद्यार्थीमा कोरोना, नेपालमा परीक्षण गर्दा थियो निगेटिभ

काठमाडौं । शनिबार दक्षिण कोरिया आएका ११ जना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको दक्षिण कोरियाली रोग नियन्त्रण तथा रोकथाम केन्द्र (केसीडीसी) ले जनाएको छ ।

राजधानी सोल नजिकैको गोयाङ सहरमा कोरियाली भाषा अध्ययनका लागि आएका ४३ जना नेपाली विद्यार्थीमध्ये ११ जनामा संक्रमण देखिएको हो ।

कोरिया प्रवेश गर्नुअघि इन्छन विमानस्थलमा स्वास्थ्य परीक्षण गर्दा एक जना विद्यार्थीलाई कोरोनाको लक्षण देखिएको थियो । त्यसैका आधारमा सँगै आएका अन्यको पनि परीक्षण गर्दा संक्रमण देखिएको हो ।

नेपालबाट आउँदा कोरोना नलागेको रिपोर्ट भए पनि यति धेरै विद्यार्थीमा संक्रमण देखिएकाले आफूहरू छक्क परेको गोयाङ नगरपालिकाले विज्ञप्तिमार्फत जनाएको छ । कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस