काठमाडौं । भक्तपुरका तीनवटा गेष्ट हाउसमा प्रहरीले छापा मारेको छ । गेष्ट हाउसमा अवैध क्रियाकलाप हुने गरेको सुचनाको आधारमा छापा मारेको प्रहरीले जनाएको छ । छापाको क्रममा प्रहरीले संचालक सहित १३ जनालाई पक्राउ गरेको महानगरीय प्रहरी वृत थिमिले जनाएको छ ।
भक्तपुरमा रहेका सुनकोशी गेष्ट हाउस, सनसाईन गेष्ट हाउस र बालकुमारी गेष्ट हाउसमा प्रहरीले छापा मारेको हो । सुनकोशीबाट सञ्चालक कमल गिरीसहित रमेश घजु र २० वर्षीया युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।
सनासईन गेष्ट हाउसबाट सञ्चालक दिलध्वज खड्का सहित दुई महिला र दुईजना पुरुषलाई पक्राउ गरिएको छ । बालकुमारी गेष्ट हाउसका सञ्चालक कालिकोट घर भएका नरेश बोगटीसहित चार महिला र अर्का एकजना पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गेष्ट हाउसमा महिला राखेर असामाजिक क्रियाकलाप गरेको हुनाले उनिहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत थिमिका डिएसपी ऋषिराम कँडेलले बताए । प्रहरीका अनुसार अनुसन्धान भईरहेको छ, गैरकानुनी काम ठहरिए कानुन बमोजिक गेष्ट हाउस संचालकलाई कारवाही हुन्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ असोज २०७७, १० : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुण्डागर्दीमुक्त चितवन, शान्ति सुरक्षामा प्रहरीको प्रभावकारी भूमिका
चितवनमा दुर्घटना तथा चोरीका घटना बढेपछि प्रहरी चेकजाँच कडा
चितवनमा ट्राफिक व्यवस्थापन लथालिङ्ग
२७ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
प्रहरी कार्यालय तोडफोडमा संलग्न १२ जना पक्राउ
दुई हबलदारसहित १५ जना प्रहरी सम्पर्कविहीन