काठमाडौं । भक्तपुरका तीनवटा गेष्ट हाउसमा प्रहरीले छापा मारेको छ । गेष्ट हाउसमा अवैध क्रियाकलाप हुने गरेको सुचनाको आधारमा छापा मारेको प्रहरीले जनाएको छ । छापाको क्रममा प्रहरीले संचालक सहित १३ जनालाई पक्राउ गरेको महानगरीय प्रहरी वृत थिमिले जनाएको छ ।
भक्तपुरमा रहेका सुनकोशी गेष्ट हाउस, सनसाईन गेष्ट हाउस र बालकुमारी गेष्ट हाउसमा प्रहरीले छापा मारेको हो । सुनकोशीबाट सञ्चालक कमल गिरीसहित रमेश घजु र २० वर्षीया युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।
सनासईन गेष्ट हाउसबाट सञ्चालक दिलध्वज खड्का सहित दुई महिला र दुईजना पुरुषलाई पक्राउ गरिएको छ । बालकुमारी गेष्ट हाउसका सञ्चालक कालिकोट घर भएका नरेश बोगटीसहित चार महिला र अर्का एकजना पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गेष्ट हाउसमा महिला राखेर असामाजिक क्रियाकलाप गरेको हुनाले उनिहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत थिमिका डिएसपी ऋषिराम कँडेलले बताए । प्रहरीका अनुसार अनुसन्धान भईरहेको छ, गैरकानुनी काम ठहरिए कानुन बमोजिक गेष्ट हाउस संचालकलाई कारवाही हुन्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ असोज २०७७, १० : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैलालीमा प्रहरी जवानको मृत्यु, छानबिन समिति गठन
बैतडीमा निर्वाचन प्रहरीको मृत्यु
निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन
एआईको दुरुपयोग रोक्न नेपाल प्रहरीले छुट्टै सेल गठन गर्छः प्रहरी महानिरीक्षक कार्की
सम्पर्कविहीन १७ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
नेपाल प्रहरीका ८ जना डीआईजीको सरुवा