चितवनमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु

सफल खबर संवाददाता

आइतबार, २५ असोज २०७७, ०९ : २२
चितवनमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु

चितवन । चितवनमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।  चितवन मेडिकल कलेजमा भरतपुर महानगरपालिका वडा नं १ निवासी ७५ वर्षीया महिलाको मृत्यु भएको हो ।

दम, उच्च रक्तचाप र निमोनियासम्बन्धि समस्या भई असोज २२ गते अस्पताल भर्ना भएकी उनको असोज २३ गते पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो ।

अस्पतालको कोभिड सघन उपचार कक्षमा राखेर उपचार गर्दागर्दै आज बिहान उनको मृत्यु भएको अस्पतालले जनाएको छ । सँगै जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस