मोरङ । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका अनुसार मृतक दुबैजना सुनसरीका हुन् ।
शनिबार राति हरिनगर गाँउपालिका ४ का ७१ वर्षीय वृद्ध र दुहबी ३ की ४० वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या देखिएसँगै असोज २१ गते ७१ वर्षीय वृद्धलाई अस्पतालमा भर्ना गरिएको थियो ।
उनमा कोरोना परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको थियो । फोक्सो सम्बन्धी समस्या भएका उनको शनिबार राति १०ः१५ बजे मृत्यु भएको हो । त्यसैगरि असोज २० गते अस्पतालमा भर्ना भएकी सुनसरीको दुहबी ३ की महिलाको पनि उपचारका क्रममा मृत्यु भएको छ । उनको पनि कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । उनको शनिबार राति ११ बजे मृत्यु भएको हो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ असोज २०७७, ०८ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना अपडेट : एक सातामा ३५ जनामा सङ्क्रमण
टेकु अस्पतालमा ५ जनामा कोरोना संक्रमण, एक जना भर्ना
भारतका १६ राज्यमा फैलियो कोरोना संक्रमण