५ मिनेटको अन्तरालामा नेपालगंजमा थप दुईजना कोरोना संक्रमितको मृत्यु

सफल खबर संवाददाता

आइतबार, २५ असोज २०७७, ०८ : ००
५ मिनेटको अन्तरालामा नेपालगंजमा थप दुईजना कोरोना संक्रमितको मृत्यु

नेपालगञ्ज । नेपालगंजमा थप दुईजना कोरोना संक्रमितको ५ मिनेटको अन्तरालामा उपचारको क्रममा मृत्यु भएको छ । भेरी अस्पतालमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–१० ट्राफिक चोक निवासी ८४ वर्षीय पुरुष र कोहलपुर नगरपालिका वडा नंं. ८ निवासी ७१ वर्षीया महिलाको गए राति मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय बाँकेका अनुसार नेपालगञ्जस्थित भेरी अस्पतालको कोरोना आइसोलेसन वार्डमा उपचाररत पुरुषको शनिबार राति ९ः५५ बजे मृत्यु भएको थियो । त्यसको पाँच मिनेटको अन्तरमा १० बजे अर्की महिलाको पनि ज्यान गएको हो । श्वासप्रश्वासमा समस्या देखिएपछि पिसीआर परीक्षण गर्दा पुरुषमा गत असोज ६ गते र महिलामा १४ गते कोरोना संक्रमण देखिएको थियो ।

दुवै जनालाई भेरी अस्पतालको कोरोना आइसोलेसन वार्डमा भर्ना गरेर रोगको प्रकृतिअनुसार सबै प्रकारको आवश्यक उपचार गरिए पनि स्वास्थ्य अवस्थामा सुधार नआई मृत्यु भएको हो । योसहित बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संया २६ पुगेको छ भने बाहिरी जिल्लाबाट उपचारको क्रममा बाँकेमा आई मृत्यु हुनेको संख्या १२ छ ।

प्रतिक्रिया दिनुहोस