एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइटराइडर्सले किंग्स इलाभेन पन्जाबमाथि नाटकीय जित निकालेको छ । लगभग हारको नजिक पुगिसकेको कोलकाताले किंग्स इलाभेन पन्जाबलाई अन्ततः २ रनले हराएको हो ।
जितका लागि १ सय ६५ रन पछ्याइरहेको पन्जाबले २० ओभरमा पाँच विकेट गुमाएर १ सय ६२ रन बनायो । खेल टाइ गराउन पन्जाबलाई अन्तिम बलमा ६ रन चाहिएको थियो । तर त्यसमा ग्लेन म्याक्सवेलले चार रन मात्र बटुल्न सके । हारले पन्जाब एकै जितमा सीमित रह्यो र अन्तिम स्थानमा रह्यो ।
व्यक्तिगत लयमा रहेका कप्तान केएल राहुलले सर्वाधिक ७४ रन बनाए । उनले ५८ बलको सामना गरेर ६ चौका प्रहार गरे । उनले ५६ रन बनाएका मयंक अग्रवालसँग पहिलो विकेटका लागि १ सय १५ रनको साझेदारी गरे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले कप्तान दिनेश कार्तिकको ५८ रनको योगदानमा ६ विकेट गुमाउँदै १ सय ६४ रन बनाएको थियो । दिनेशले २९ बल मात्र सामना गरे र ८ चौका तथा दुई छक्का प्रहार गरे ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २५ असोज २०७७, ०७ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आईपीएल : मुम्बईविरुद्ध हैदरावाद ६ विकेटले विजयी
आईपीएल : गुजरातविरुद्ध आरसीबीको ५ विकेटको जित
आईपीएल : तिलकको शतकमा मुम्बईको विशाल जित, गुजरात ९९ रनले पराजित
आईपीएलमा हैदराबादको रोमान्चक जित, चेन्नाई १० रनले पराजित
आईपीएल : लखनउलाई पराजित गर्दै आरसिबी शीर्ष स्थानमा
आईपीएल क्रिकेट : राजस्थान रोयल्ससँग आरसीबी ६ विकेटले पराजित