काठमाडौँ । अमेरिकाले जर्मनी, स्पेन र ब्राजिललगायतका विभिन्न १८ मुलुकबाट आयात गरिने ‘एल्युमिनियम’ ले अमेरिका फोहोर थुपार्ने स्थलका रूपमा प्रयोग भएको आरोप लगाउँदै त्यसमाथि नयाँ कर लगाउने घोषणा ट्रम्प प्रशासनले शुक्रबार गरेको छ ।
अमेरिकी वाणिज्यमन्त्री विल्बर रसले चीन सूचीमा नभएको तर आंशिक रूपमा ‘एल्युमिनियम शीट’ आयातको बाढीका लागि जिम्मेवार भएको र यसले अमेरिकी घरेलु उत्पादकहरूलाई कमजोर बनाउन सक्ने बताउनुभयो ।
“वास्तवमै के हुँदैछ भने चिनियाँ अधिक क्षमता अन्य बजारमा फ्याँकिएको छ । फलस्वरूप, यहाँ फ्याँकिएका ती सामानले अमेरिकी उत्पादनलाई विस्थापन गरेको,” रसले फक्स बिजÞनेस नेटवर्कमा भन्नुभयो ।
“यो धेरै नै जटिल कार्य हो तर बजारीकरणका सञ्जालले अमेरिकामा धेरै अनावश्यक सामानहरू थुप्रिन्छन् र हामीले यसैलाई व्यवस्थित गर्दैछौं ।”
अमेरिकी पछिल्लो निर्णयले जर्मनी र ब्राजिलबाट आयात हुने एल्युमिनियममा क्रमशः ३६३ प्रतिशत र १३७ प्रतिशत कर वृद्धि हुनेछ । अमेरिकाले गत वर्ष जर्मनीबाट २८ करोड ७० लाख अमेरिकी डलर र ब्राजिलबाट नौ करोड ७० लाख अमेरिकी डलर बराबरको एल्युमिनियम खरिद गरेको थियो ।
अमेरिकाको यो (प्रारम्भिक) निर्णय भएपनि अमेरिकी बाणिज्य विभागले करवृद्धि तत्कालै कायान्वयनमा आउने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, २३ असोज २०७७, १९ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्यानाडाली सामानमा १० प्रतिशत कर वृद्धि ट्रम्पको घोषणा
ट्रम्पद्वारा क्यानाडासँगको सबै व्यापार वार्ता तत्काल समाप्त
ह्वाइट हाउसमा ट्रम्पले बाले दियो, मनाए दिपावली
ट्रम्प र पुटिनबीच टेलिफोन वार्ता, ‘ठूलो प्रगति’ भएको ट्रम्पको भनाइ
रुसी तेल नकिन्न मोदी सहमत भएको ट्रम्पको दाबी
इजिप्टमा ट्रम्पले गरे गाजा शान्ति योजनामा हस्ताक्षर