वैदेशिक रोजगार ठगीका फरार अभियुक्त पक्राउ

सफल खबर संवाददाता

सोमबार, १९ असोज २०७७, १४ : २१
वैदेशिक रोजगार ठगीका फरार अभियुक्त पक्राउ

काठमाडौं । वैदेशिक रोजगार ठगीका फरार अभियुक्त पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक बलेफि गाउँपालिका वडा नम्बर ६ घर भई हाल जिल्ला काठमाडौं बौद्ध आरुबारी बस्ने २८ वर्षीय भिमबहादुर तामाङ रहेका छन् ।

उनलाई हिजो आइतबार प्रहरी महाशाखा काठमाडौंबाट खटिएको प्रहरी टोलीले बौद्ध स्तुपाबाट पक्राउ गरेको हो । सोही मुद्दामा फरार रहेका अर्का अभियुक्त तुलबहादुर तामाङलाई पनि असोज १६ गते शुक्रबार पक्राउ गरी  फैसला कार्यान्वयनको लागि अदालत पठाइएको प्रहरीले जनाएको छ ।

अभियुक्तहरुले ४६ लाख ५० हजार ठगी गरेको वैदेशिक रोजगार कसुर मुद्दामा २०७४ भदौ ११ गते काठमाडौं जिल्ला आदालतले जनही १ वर्ष ६ महिना कैद र १ लाख ५० हजार जरिवाना ठहर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस