काठमाडौं । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीको धरान–१५ का ५५ वर्षीय पुरुष रहेका छन् ।
मिर्गौलासम्बन्धी समस्या रहेका उनमा असोज १६ गते कोरोना पुष्टि भएको थियो भने सोही दिन कोभिड अस्पतालमा भर्ना भएका थिए । उनको उपचारका क्रममा सोमबार बिहान ६ः४५ मा मृत्यु भएको अस्पतालका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ असोज २०७७, ०९ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना अपडेट : एक सातामा ३५ जनामा सङ्क्रमण
टेकु अस्पतालमा ५ जनामा कोरोना संक्रमण, एक जना भर्ना
भारतका १६ राज्यमा फैलियो कोरोना संक्रमण