एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किंग्सले किंग्स इलेभेन पन्जाबलाई १० विकेटले हराएको छ । निर्धारित २० ओभर खेल्दै किंग्स इलाभेन पन्जाबले दिएको १७९ रनको लक्ष्य पछ्याएको चेन्नईले विना विकेटको क्षतिमा १७.४ ओभरमा निर्धारित लक्ष्य पुरा गर्न सफल रह्यो ।
चेन्नाइको जितमा ओपनरद्वय शेन वाटसन र फाप डु प्लेसिसले १८१ रनको साझेदारी गरे । वाटसनले ५३ बलमा ११ चौका र ३ छक्काको मद्दतमा ८७ रन बनाए । यसैगरी प्लेसिसले पनि ५३ बलमा ११ चौका र १ छक्काको मद्दतमा ८३ रन बनाए । वाटसन म्यान अफ द म्याच भए ।
दुबई इन्टरनेशनल स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७८ रन बनाएको थियो । पन्जाबका कप्तान केएल राहुलले सर्वाधिक ६३ रन बनाए । मयंक अग्रवालले २६, मन्दिप सिंहले २७ र निकोलस पुरनले ३३ रन बनाए ।
यसैगरी नटआउट हुँदै ग्लेन म्याक्सवेलले ११ र सर्फराज खानले १४ रन जोडे । बलिङतर्फ शार्दुल ठाकुरले २ तथा रविन्द्र जडेजा र पियुष चावलाले १–१ विकेट लिए । जितनिम्ति १ सय ७९ रन पछ्याएको चेन्नईले १७.४ ओभरमा १ सय ८१ रन बनायो । महेन्द्र सिंह धोनी नेतृत्वको चेन्नाइको पाँचौं खेलमा यो दोस्रो जित हो भने पन्जाबको चौथो हार हो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १९ असोज २०७७, ०९ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आईपीएल : मुम्बईविरुद्ध हैदरावाद ६ विकेटले विजयी
आईपीएल : गुजरातविरुद्ध आरसीबीको ५ विकेटको जित
आईपीएल : तिलकको शतकमा मुम्बईको विशाल जित, गुजरात ९९ रनले पराजित
आईपीएलमा हैदराबादको रोमान्चक जित, चेन्नाई १० रनले पराजित
आईपीएल : लखनउलाई पराजित गर्दै आरसिबी शीर्ष स्थानमा
आईपीएल क्रिकेट : राजस्थान रोयल्ससँग आरसीबी ६ विकेटले पराजित