चितवन । माडीमा वन्यजन्तु धपाउन बिछ्याइएको करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका ६ वसन्तपुरका ६० वर्षीय सुकदेव महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक देवराज शर्माले जानकारी दिए ।
प्रहरी निरीक्षक शर्माका अनुसार महतोलाई वसन्तपुरस्थित खेतमा गैँडा धपाउन बिछ्याइएको बिजुलीको नाङ्गो तारको करेन्ट लागेको थियो । हिँडिरहेका अवस्थामा करेन्ट लागेर घाइते भएका उनको बघौडा अस्पताल माडीमा उपचारका क्रममा मृत्यु भएको हो ।
घटनाको थप अनुसन्धान भइरहेको छ । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, १८ असोज २०७७, १३ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
करेन्ट लागेर एक जनाको मृत्यु
माछा मार्ने क्रममा करेन्ट लागेर २ जनाको मृत्यु
भारदहमा करेन्ट लागेर एक जनाको मृत्यु
करेन्ट लागेर महिलाको मृत्यु
करेन्ट लागेर रौतहटमा एक युवकको मृत्यु
करेन्ट लागेर एक कर्मचारीको मृत्यु