चितवन । माडीमा वन्यजन्तु धपाउन बिछ्याइएको करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका ६ वसन्तपुरका ६० वर्षीय सुकदेव महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक देवराज शर्माले जानकारी दिए ।
प्रहरी निरीक्षक शर्माका अनुसार महतोलाई वसन्तपुरस्थित खेतमा गैँडा धपाउन बिछ्याइएको बिजुलीको नाङ्गो तारको करेन्ट लागेको थियो । हिँडिरहेका अवस्थामा करेन्ट लागेर घाइते भएका उनको बघौडा अस्पताल माडीमा उपचारका क्रममा मृत्यु भएको हो ।
घटनाको थप अनुसन्धान भइरहेको छ । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, १८ असोज २०७७, १३ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापामा एक वर्षमा करेन्ट लागेर १५ जनाको मृत्यु
अछाममा करेन्ट लागेर एक जनाको मृत्यु, पाँच घाइते
करेन्ट लागेर एक जनाको मृत्यु
बल्ब जोड्ने क्रममा करेन्ट लागेर एक बालकको मृत्यु
खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
करेन्ट लागेर एकजनाको मृत्यु