काठमाडौँ । नेपाली कांग्रेसले डा. गोविन्द केसीले राखेका मागहरु जायज भएको भन्दै ऐक्यवद्धता जनाएको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकास शर्माले डा. केसीको मागहरुमा समर्थन जनाउँदै कांग्रेसले औपचारिक रुपमा विज्ञप्ती जारी गरिसकेको बताए । केन्द्रीय कार्यसमितिको बैठकबाटै थप निर्णय गरी एैक्यवद्धता जनाउने तयारी भइरहेको पनि उनले बताए ।
सोमबार बस्ने भनिएको केन्द्रीय कार्य समितिको बैठक कोरोना संक्रमण जोखिमका कारण बस्ने/नबस्ने सम्बन्धमा आजै पार्टीले निर्णय गर्ने पनि उनले बताए । कार्यसमिति बैठक बस्नुअघि आजका लागि बोलाइएको पदाधिकारी बैठक भने स्थगित भइसकेको उनले जानकारी दिए ।
केन्द्रीय कार्यसमिति बैठक बस्ने वा नबस्ने सम्बन्धमा सबै कार्यसमिति सदस्य र सचिवालय सदस्यहरुको पीसीआर परीक्षणको रिपोर्ट आएपछि मात्रै निर्णय हुने उनले प्रस्ट पारे ।
डा. गोविन्द केसीले विगतदेखि नै जायज माग राख्दै आएका र कांग्रेस नेतृत्वको सरकारका पालामा भएका सम्झौता कार्यान्वयन भए अधिकांश मागहरु पूरा हुने उनले बताए । पछिल्लो समय डा. केसीले पीसीआर परिक्षण बढाउने र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सन्दर्भमा नयाँ जायज माग राखेकाले सरकारले तत्काल वार्ता गरी सुनुवाई गर्नुपर्ने उनको भनाई छ ।
संसदको विशेष अधिवेशन बोलाउने सन्दर्भमा कांग्रेसले औपचारिक निर्णय गरिनसकेको प्रवक्ता शर्माले बताए । भौतिक दुरी कायम राखेर संसद अधिवेशन चलाउनुपर्ने उनले बताए । विदेशबाट नेपालीहरु फर्कन नपाएको अवस्था, चाडपर्वमा बजारमा हुने महँगी, अस्पतालमा उपचार नपाएर मृत्युवरण गर्नुपर्ने अवस्था लगायतका विषयमा सरकारले संसद अधिवेशन बोलाएर नागरिकका कुरा राख्न मार्गनिर्देश गर्नुपर्ने उनले बताए । यो विषयमा पनि केन्द्रीय कार्यसमितिले औपचारिक निर्णय गर्नेपनि प्रवक्ता शर्माले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ असोज २०७७, १३ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद्को गतिरोधबारे कांग्रेस-रास्वपा छलफल
संविधानको घेरा गैरसंवैधानिक तरिकाबाट तोड्न खोज्नु अनुचित : नेपाली कांग्रेस
गृहमन्त्रीको राजीनामा आउँदैन, छानबिन समिति पनि बन्दैन: कांग्रेस
‘देशको आर्थिक उन्नयनका निम्ति ऊर्जा क्षेत्रको विकास अपरिहार्य छ’: डा. महत
सानेपाको अपार्टमेन्टमा कांग्रेसका पूर्वपदाधिकारीको छलफल
प्रतिनिधिसभा बैठकको ‘ग्याप’मा केन्द्रीय समिति बैठक बोलाउने कांग्रेसको तयारी