काठमाडौँ । कांग्रेसमा उत्पन्न आन्तरिक अविश्वास हटाउन सभापति शेरबहादुर देउवाले अग्रसरता लिएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टी कार्यालयमा दर्ता गरेको ज्ञापनपत्रमार्फत उठाएका मुद्दामा सहमति जुटाउन शनिबार दुवै पक्षका पदाधिकारी, पूर्व पदाधिकारीसहित केही केन्द्रीय सदस्यहरुको अनौपचारिक बैठक उनले राखेका छन् । छलफल नसकिएकाले बैठक आइतबार पनि बोलाइएको छ ।
बैठकमा सहभागीहरुले बोल्ने नसकिएको र सभापति देउवाले जवाफ दिने क्रम बाँकी नै रहेकाले बैठक लम्बिएको नेता एनपी साउदले बताए । महाधिवेशनका मुखमा पार्टीका केन्द्रीय विभाग गठन र तीनमा सदस्यको मनोनयन, क्रियाशील सदस्यता वितरणमा अनियमिता भएको मुद्दा उठाउँदै वरिष्ठ नेता पौडेल पक्षले सोमबार आफ्नो पक्षका २७ सदस्यको हस्ताक्षरसहित पार्टी केन्द्रीय कार्यालय सानेपामा ज्ञापनपत्र दर्ता गराएको थियो ।
महाधिवेशनका मुखमा पार्टीका केन्द्रीय विभाग गठन र तीनमा सदस्यको मनोनयन, क्रियाशील सदस्यता वितरणमा अनियमिताका मुद्दा उठाउँदै पौडेल पक्षले महाधिवेशनको निष्पक्षता माथि नै प्रश्न गरेको थियो । आपसी अविश्वासले पार्टीभित्र झगडा बढ्दै गएपछि सभापति देउवाले केन्द्रीय कार्यसमितिको बैठक अघि समझदारी जुटाउन पदाधिकारी, पूर्व पदाधिकारी र केही केन्द्रीय सदस्यहरु सम्मिलित अनौपचारिक बैठक बोलाएका हुन् । बैठकमा पौडेल पक्षले उठाएको क्रियाशील सदस्यताको वितरण, नविकरण, केन्द्रीय विभागहरुको गठन, भातृ तथा शुभेच्छुक संस्था, विदेशस्थित जनसम्पर्क समिति लगायतका मुद्दाहरुमा छलफल भएको थियो ।
पौडेल पक्षले आगामी १९ गतेको केन्द्रीय कार्यसमितिको बैठक सम्म आफूहरुले उठाएका मुद्दाहरुको सम्बोधनका हुनुपर्ने अल्टिमेटम दिएको थियो । सम्बोधन नभएमा पार्टी नेतृत्वविरुद्ध चरणबद्ध विरोध गर्ने चेतावनी समेत पौडेल पक्षले दिँदै आएको छ । ‘केही गुनासा र केही अविश्वासहरु छन् । तीनलाई समझारी गरेर जान सकिने अवस्था छ,’बैठक पछि नेता सावदले भने,‘भोलि बोल्ने क्रम सकिएपछि कसरी समझदारी जुटाउने भन्ने विषयमा छलफल हुने छ ।’ पौडेलपक्षीय नेता बलबहादुर केसीले भने प्रस्तावमा विषयमा आफूहरुले प्रट्याउनेने र संस्थापनपक्षले जवाफ दिने बाहेक अरु काम नभएको बताए ।
बैठकमा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले महाधिवेशनको तालिका प्रभावित भइसकेको जनाउँदै सार्न प्रस्ताव गरेका थिए । उनले केन्द्रदेखि तल्लो तहका अधिवेशनहरु समेत केही समयका लागि सार्नुपर्ने सुझाव नेतृत्वलाई दिएका थिए । तर, पौडेल पक्षले भने फागुनमै महाधिवेशन गराउनु पर्ने अडान राख्दै आएको छ । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, १८ असोज २०७७, ०७ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै
रुपन्देही-३ मा काँग्रेसबाट उम्मेदवारको आकांक्षी देखिए पूर्वगर्भनर चिरञ्जीवी नेपाल
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै
कांग्रेसले बोलायो केन्द्रीय कार्य सम्पादन समिति बैठक
कारबाहीको सिफारिस भएकालाई कांग्रेसले सदस्यता नवीकरण खुला गर्ने
कांग्रेस शीर्ष नेताको बैठक स्थगित