भरतपुर । नारायणी नदीले बगाएको पोथी गैँडा मृत फेला परेको छ ।
चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत रहेको नवलपरासीको त्रिवेणी पोष्ट क्षेत्र नारायणी नदी किनारमा गैँडा मृत फेला परेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।
अन्दाजी ३० वर्षको पोथी गैँडा दिउँसो १२ः३० बजे फेला परेको निकुञ्जका सूचना अधिकारी अशोक रामले जानकारी दिए । गैँडा बाढीले बगाएर लगेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । गैँडाको खाग सुरक्षित रहेको निकञ्जले जनाएको छ । हिजो मात्रै निकुञ्जअन्तर्गत नवलपुरको लामीचौर नजिकै नारायणी नदीको बीच भङ्गालोमा एउटा गैँडा मृत फेला परेको थियो । चितवन राष्ट्रिय निकुञ्जमा यो आर्थिक वर्षमा मात्र विभिन्न कारणले पाँच वटा गैँडा मरेका छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १७ असोज २०७७, १५ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गैँडाको आक्रमण परि एक वृद्धको मृत्यु
गैँडाले आक्रमण गर्दा एकजना घाइते
सौराहामा हुर्काइएकी ‘पूजा’ लाई चिडियाखाना पठाइयो
आठ महिनामा चितवन राष्ट्रिय निकुञ्जमा २० गैँडा मरे
गैँडाको आक्रमणपछि बेपत्ता महिलाको शव भेटियो
चितवनमा गैँडाको आक्रमण बढ्दो : दुई महिनामा ६ जनाले गुमाए ज्यान