एजेन्सी । इन्डियन प्रिमियर लिग ९आइपिएल० को १४ औं खेलमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किंग्सलाई ७ रनले पराजित गरेको छ ।
शुक्रबार साँझ भएको खेलमा साविक उपविजेता चेन्नई सुपर किङ्सलाई ७ रनले पराजित गर्दै हैदरावादले दोस्रो जित दर्ता गरेको हो ।
टस जितेर पहिलो ब्याटिङ गरेको हैदरावादले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको चेन्नईले पुरै २० ओभर खेल्दा ५ विकेट गुमाएर १ सय ५७ रन मात्रै बनाउन सक्यो ।
चेन्नेइका लागि रविन्द्र जडेजाले ५० रनको अर्धशतकीय पारी खेले पनि लक्ष्य भेट्न सकेन ।
चेन्नईका लागि कप्तान महेन्द्र सिंह धोनीले अविजित ४७ रन बनाए । फाप डु प्लेसिसले २२ रन बनाए भने साम करन १५ रनमा अविजित रहे । हैदरावादका टी नटराजनले दुई विकेट लिए भने भुवनेश्वर कुमार र अब्दुल समदले १र१ विकेट हात पारे ।
यसअघि पहिलो ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । हैदरावादका लागि प्रियम गार्गले अविजित ५१ रनको अर्धशतकीय पारी खेले ।
यस्तै अविशेक शर्माले ३१, मनिस पाण्डेले २९ र कप्तान डेभिड वार्नर २८ रनमा आउट भए । चेन्नईका दिपक चाहरले दुई विकेट लिए भने शार्दुल ठाकुर र पियुस चावालाले १र१ विकेट हात पारे ।
योसँगै हैदरावादले ४ खेलमा दुई जित सहित ४ अंक जोडेको छ । चेन्नईको यो तेस्रो हार हो । ४ खेलमा २ अंक जोडेको चेन्नई तालिकाको पुछारमा छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, १७ असोज २०७७, ०७ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आइपिएल फाइनल वर्षाले प्रभावित, सोमबार पुन हुने
गुजरातलाई हराउँदै चेन्नाई आइपिएल क्रिकेटको फाइनलमा प्रवेश
राजस्थानमाथि गुजरातको सहज जित
आइपिएल इतिहासकै दोस्रो उच्च योगफल बनेको खेलमा लखनउको सहज जित
आइपिएल: कोलकातालाई हराउँदै दिल्लीको पहिलो जीत