एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पताल भर्ना भएका छन् ।
कोरोना भाइरस पोजिटिभ देखिएको २४ घण्टा नपुग्दै उनलाई ह्वाइट हाउसबाट हेलिकोप्टरमार्फत अस्पताल लगिएको हो।
।
ह्वाइट हाउसले वक्तव्य जारी गर्दै उनलाई सावधानी अपनाउँदै वाल्टर रिड नेशनल मिलिटरी मेडिकल सेन्टर लग्ने निर्णय गरिएको जनाएको छ। यसअघि ट्रम्पले शुक्रबार ट्विट गर्दै आफू र पत्नी मेलानिया ट्रम्पको कोरोना जाँच पोजिटिभ आएको जनाएका थिए ।
ट्रम्प आफ्नो हेलिकोप्टर मरिन वानबाट अस्पताल गएका हुन् । हेलिकोप्टर चढ्न उनी ह्वाइट हाउसबाहिर चउरमा निस्कँदा मास्क र सुट लगाएका थिए । उनले त्यहाँ जम्मा भएका रिपोर्टरलाई हात उठाएर अभिवादन गरे पनि कुनै प्रतिक्रिया जनाएनन् ।
उनलाई मध्यम प्रकारका लक्षण देखिएको पनि सूचनामा जनाइएको थियो । सीबीएस न्युजका अनुसार उनलाई हल्का ज्वरो आएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, १७ असोज २०७७, ०७ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हामीले इरानलाई जित्यौँ : ट्रम्प
इरानको हवाई प्रतिरक्षा प्रणाली, वायुसेना, नौसेना र नेतृत्व समाप्त भएको ट्रम्पको दाबी
इरानी हमलाबाट मारिने अमेरिकी सैनिकको संख्या बढ्न सक्ने ट्रम्पको दाबी
'पाकिस्तान–अफगानिस्तान युद्धमा अमेरिकाले हस्तक्षेप गर्न सक्छ' : ट्रम्प
विश्वव्यापी रूपमा १५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
सर्वोच्चको फैसलाप्रति ट्रम्पको असन्तुष्टि, विश्वव्यापी आयातमा १५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा