एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पताल भर्ना भएका छन् ।
कोरोना भाइरस पोजिटिभ देखिएको २४ घण्टा नपुग्दै उनलाई ह्वाइट हाउसबाट हेलिकोप्टरमार्फत अस्पताल लगिएको हो।
।
ह्वाइट हाउसले वक्तव्य जारी गर्दै उनलाई सावधानी अपनाउँदै वाल्टर रिड नेशनल मिलिटरी मेडिकल सेन्टर लग्ने निर्णय गरिएको जनाएको छ। यसअघि ट्रम्पले शुक्रबार ट्विट गर्दै आफू र पत्नी मेलानिया ट्रम्पको कोरोना जाँच पोजिटिभ आएको जनाएका थिए ।
ट्रम्प आफ्नो हेलिकोप्टर मरिन वानबाट अस्पताल गएका हुन् । हेलिकोप्टर चढ्न उनी ह्वाइट हाउसबाहिर चउरमा निस्कँदा मास्क र सुट लगाएका थिए । उनले त्यहाँ जम्मा भएका रिपोर्टरलाई हात उठाएर अभिवादन गरे पनि कुनै प्रतिक्रिया जनाएनन् ।
उनलाई मध्यम प्रकारका लक्षण देखिएको पनि सूचनामा जनाइएको थियो । सीबीएस न्युजका अनुसार उनलाई हल्का ज्वरो आएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, १७ असोज २०७७, ०७ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रम्पले आफूलाई गरे ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’ घोषणा
ग्रीनल्याण्ड कब्जा गर्ने ट्रम्पको चेतावनी
इरानमा प्रदर्शनकारी मारिए अमेरिका हस्तक्षेप गर्न तयार : ट्रम्प
शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यक : ट्रम्प
ट्रम्पले फिर्ता बोलाए नेपालसहित ३० देशका राजदुत
ट्रम्पले थप ५ देशका नागरिकलाई अमेरिका प्रवेशमा लगाए रोक