चितवन । चितवन राष्ट्रिय निकुञ्जमा मृतावस्थामा गैँडा फेला परेको छ । निकुञ्जका सूचना अधिकारी अशोक रामका अनुसार नवलपुरको लामिचौर नजिकै नारायणी नदीको बीच भङ्गालोमा आज मृतावस्थामा गैँडा फेला परेको हो । गैँडा एक÷दुई महिना अघि कालगतीले मरेका हुनसक्ने अनुमान गरिएको छ । पोष्टमार्टम पछि मात्र अन्यकुरा थाहा हुने उनले बताए ।
गैंडाको खाग सुरक्षित रहेको निकुञ्जले जनाएको छ । यसअघि गत भदौं २१ मा निकुञ्जमा एकसिङ्गे गैंडा मृतावस्थामा फेला परेको थियो । निकुञ्जमा चालु आर्थिक बर्षमा मात्र चार गैँडाको मृत्यु भैइसकेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १६ असोज २०७७, १८ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
साउनयता नौ गैँडाको मृत्यु
गैँडाको आक्रमण परि एक वृद्धको मृत्यु
गैँडाले आक्रमण गर्दा एकजना घाइते
सौराहामा हुर्काइएकी ‘पूजा’ लाई चिडियाखाना पठाइयो