सान डियागो । ट्रम्प प्रशासनले संयुक्तराज्य अमेरिकामा शरणार्थीका रुपमा प्रवेश गर्न चाहने व्यक्तिको संख्यामा थप कटौती गर्ने योजना अघि सारेको छ ।
अमेरिकी तल्लो सदन कंग्रेसमा बुधबार पठाइएको पत्रमा ट्रम्प प्रशासनले आगामी सन् २०२१ मा बढीमा १५ हजार शरणार्थीलाई मात्र अमेरिकामा प्रवेश दिइने जनाइएको छ । यो चालू वर्ष २०२० को भन्दा झण्डै तीन हजारले कमी हो । यस वर्ष १८ हजारलाई शरणार्थीका रुपमा अमेरिकामा प्रवेश दिइने प्रस्ताव गरिएको थियो ।
तोकिएको संख्याभन्दा यस वर्ष केही कम अर्थात् १० हजार ८०० ले शरणार्थीका रुपमा अमेरिका प्रवेश पाएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।
ट्रम्प प्रशासनको पत्रका बारेमा कंग्रेसमा छलफल हुनेछ । कंग्रेसले शरणार्थीको संख्या कटौती गरेकामा आपत्ति जनाएको छ, तर ट्रम्प प्रशासनले गरेका निर्णय विरुद्ध कंग्रेस जान सक्ने सम्भावना कमै छ ।
अमेरिकी राष्ट्रपतिले मिनेसोटाको डुलुथमा आयोजित चुनावी सभामा शरणार्थीको संख्या कटौती गर्ने आफ्नो पूर्वघोषित नीति रहेको बताउँदै विपक्षी डेमोक्रेटिक पार्टीका जो बाइडेन मुलुकमा अधिकाधिक विदेशीहरु भित्र्याउन चाहने व्यक्ति भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “बाइडेनले मिनेसोटा राज्यलाई शरणार्थी शिविर बनाउन चाहनुहुन्छ, र यसबाट सरकारी स्रोतसाधनको बढी खर्च हुने, विद्यालयहरुमा बढी विद्यार्थी हुने तथा अस्पतालमा बिरामीको चाप बढ्ने हुन्छ । यो सबैलाई थाहा भएकै कुरा हो ।”
राष्ट्रपति ट्रम्पले कोरोनाभाइरस महामारी शुरु भएपछि गत मार्चदेखि शरणार्थीको प्रवेशलाई रोक्नु भएको छ । उहाँले कोरोनाभाइरसबाट क्षति पुगेको अर्थतन्त्र र रोजगारीलाई शरणार्थी भित्र्याएर थप संकटमा पार्न आफूले नचाहेको स्पष्ट गर्नुभयो ।
अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले विश्वका संकटग्रस्त क्षेत्रमा मानवीय सहायता उपलब्ध गराउन अमेरिका सदैब तत्पर रहेको बताउँदै आगामी दिनमा पनि अमेरिकाले यस्तो सहायतालाई निरन्तरता दिने जानकारी दिनुभयो । (रासस–एपी)
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, १६ असोज २०७७, १५ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टेलिभिजन बहसका लागि बाइडेनलाई ट्रम्पको चुनौती
अमेरिकन राष्ट्रपति निर्वाचनको दौडमा ट्रम्प ९८ प्रतिशतसहित बिजयी
ठगी मुद्दामा ट्रम्पलाई अदालतको कारबाही, ३ सय ५५ मिलियन जरिवाना
न्यू ह्याम्पशायरबाट जिते ट्रम्पले रिपब्लिकन प्राइमरी चुनाव
ट्रम्पले राष्ट्रपति चुनाव लड्न पाउने कि नपाउने? अब अमेरिकी सर्वोच्च अदालतले निर्णय गर्ने
राष्ट्रपति चुनावअघि ट्रम्पलाई झट्का