चितवन । चितवनमा उपचाररत थप एकजना कोरोना संक्रमितको शुक्रबार बिहान मृत्यु भएको हो । भरतपुर अस्पतालमा उपचाररत मकवानपुर हेटौडा उप महानगरपालिका न्यूरेनीका ७८ वर्षिय पुरुषको बिहान साढे ७ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
चितवन मेडिकल कलेजमा उपचाररत उनी रेफर भई बिहिबार राति १० बजे भरतपुर अस्पताल भर्ना भएका थिए । अस्पतालका अनुसार उनमा स्वासप्रवासमा जटिल समस्या तथा निमोनिया देखिएकोले कोभिड आईसियुमा भर्ना गरि उपचार शुरु गरिएको थियो ।
उपचारको क्रममा निजको स्वास्थ्य अवस्था थप जटील हुदै गएपछि भेन्टिलेटरमा राखी उपचार हुँदाहँुदै उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ असोज २०७७, ०९ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना अपडेट : एक सातामा ३५ जनामा सङ्क्रमण
टेकु अस्पतालमा ५ जनामा कोरोना संक्रमण, एक जना भर्ना
भारतका १६ राज्यमा फैलियो कोरोना संक्रमण