बुटवल । बुटवलमा थप एक जना कोरोनासंक्रमित पुरुषको मृत्यु भएको छ । असोज ११ गते कोरोना पोजिटिभ देखिएर होम आइसोलेसनमै बसेका रुपन्देहीको सैनामैना–७ रामापुरका ६० वर्षीय पुरुषको बुटवल कोरोनाविशेष अस्पतालमा गए राति मृत्यु भएको हो ।
होम आइसोलेनमा बसेका ती पुरुषलाई स्वास्थ्यमा थप समस्या भएपछि असोज १३ गते अस्पताल भर्ना थिए । उनलाई २ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गर्दागर्दै गत राति मृत्यु भएको अस्पतालले जनाएको छ । योसँगै बुटवलको कोरोना अस्पतालमा मृत्यु हुनेको संख्या २२ पुगेको अस्पताल प्रशासनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ असोज २०७७, ०९ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना अपडेट : एक सातामा ३५ जनामा सङ्क्रमण
टेकु अस्पतालमा ५ जनामा कोरोना संक्रमण, एक जना भर्ना
भारतका १६ राज्यमा फैलियो कोरोना संक्रमण