विश्वले सिक्यो पाठः लकडाउनले गरेन काम

पत्रपत्रिकाबाट

शुक्रबार, १६ असोज २०७७, ०७ : ३९
विश्वले सिक्यो पाठः लकडाउनले गरेन काम

कोरोनाभाइरस संक्रमणका कारण नेपालमा चिकित्सकले समेत ज्यान गुमाएका छन् । दैनिक संक्रमितको संख्या दुई हजार पुग्न लागेको छ । तैपनि निषेधाज्ञा वा लकडाउन समाधान होइन भनेर सबैले बुझेका छन् । सुरक्षित रहेर आफ्नो व्यापार–व्यवसाय सञ्चालन गर्ने र कोरोनाका साथ जिन्दगी चलाउने मनस्थितिमा आमनागरिक देखिएका छन् ।

कर्णाली प्रदेश अस्पताल सुर्खेतका ५८ वर्षका चिकित्सकको कोरोना भाइरस संक्रमणका कारण बिहीबार मृत्यु भएपछि सबै नागरिक झस्किएका छन् । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ९ सय ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको खबरले पनि नेपालीलाई अत्याएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ४ सय ४४ जनाको पीसीआर परीक्षण गर्दा यो परिमाण देखापरेको हो ।

नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ७९ हजार ७ सय २८ पुगेको छ भने पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका मात्र ९ सय ४३ जनामा कोरोना संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भएर ९ सय ६१ जना घर फर्केका छन् । नेपालमा हालसम्म ५७ हजार ३ सय ८९ जना कोरोना संक्रमण निको भएर घर फर्किएका छन् । हाल सक्रिय संक्रमितको संख्या २१ हजार ८ सय ३० रहेको छ । कोरोना संक्रमणका कारण बिहीबारसम्म ५ सय ९ जनाको मृत्यु भएको छ । नेपाल समाचारपत्रमा खबर छ ।  

प्रतिक्रिया दिनुहोस