डा युवराज खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूत सिफारिस

सफल खबर संवाददाता

विहीबार, १५ असोज २०७७, ११ : ५८
डा युवराज खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूत सिफारिस

काठमाडौं । सरकारले प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार डा. युवराज खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूत सिफारिस गरेको छ ।

आज बिहीबार बसेको बैठकले पूर्वअर्थमन्त्रि डा. खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गरेको हो ।

त्यसैगरी मन्त्रिपरिषद्ले आजै मुख्य सचिवबाट राजीनामा दिएका लोकदर्शन रेग्मीलाई बेलायतका लागि राजदूत नियुक्त गर्ने सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए । नयाँ मुख्यसचिवमा शंकर दास बैरागी नियुक्त भएका छन् ।

राष्ट्रपतिले खतिवडा र रेग्मीलाई राजदूत नियुक्त गर्नुअघि संसदीय समितिले सरकारको सिफारिस अनुमोदन गर्नुपर्नेछ । त्यसका लागि संसदले चाँडै नै सुनुवाइ प्रक्रिया सुरू गर्नेछ ।

प्रतिक्रिया दिनुहोस