निर्मलालाई न्याय दिन निरन्तर प्रयास भइरहेको छ : गृहमन्त्री बादल

सफल खबर संवाददाता

बुधबार, १४ असोज २०७७, १७ : ०३
निर्मलालाई न्याय दिन निरन्तर प्रयास भइरहेको छ : गृहमन्त्री बादल

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले निर्मला पन्तको बलात्कारमा संलग्नलाई कानूनी दायरामा ल्याउन निरन्तर प्रयास भइरहेको बताउनुभएका छन् ।

संसदका राज्य व्यवस्था समितिमा भएको छलफलमा गृहमन्त्री थापाले पन्तको बलात्कारमा संलग्नलाई कारवाही गर्न ढिलाइ भएको स्वीकार गर्दै अपराधिलाई कानूनी दायरामा ल्याउन निरन्तर प्रयास भइरहेको बताए । घटनामा संलग्नलाई कानूनी कठ्घरामा ल्याउन प्रहरी प्रशासन सफल हुने विश्वास गृहमन्त्री थापाले व्यक्त गरे । 

थापाले बझाङकी सम्झना कामी लगायतमाथि भएको बलात्कार तथा हत्याका आरोपीलाई कानूनी दायरामा ल्याउन सरकारले कडा कदम चालेको पनि बताएका छन् । सम्झानाको असोज ७ गते बलात्कारपछि हत्या गरिएको घटनाका आरोपितलाई प्रहरीले पक्राउ गरेको पनि उनले जानकारी दिए । 

मन्त्री थापाले बलात्कारका घटना रोक्न अधिकतम प्रयत्न भएपनि पछिल्लो समय हरेक दिन ६÷७ जना बलात्कृत हुने गरेको तथ्याङ्क रहेको बताए । पछिल्लो समय बालिका र महिलामाथि हुने बलात्कारका घटना बढेकाले कानूलाई अझ कडाई गर्नुपर्ने आवाज उठिरहेको बेला गृहमन्त्री थापाले घटना रोक्न निष्ठापूर्वक प्रयत्न भइरहेको बताए । उनले भने, ‘‘झन्डै ६–७ जना प्रत्येक दिन देशमा हाम्रा दिदी–बहिनी, छोरीहरू बलात्कृत भइरहेका छन् । यसलाई रोक्न निष्ठापूर्वक प्रयत्न गरिरहेका छौं । कानुनमा अझ कडाइ गर्नुपर्ने हो कि भन्ने भइरहेको छ । हामीले बनाएका कानुन पर्याप्त छैनन् कि भन्ने प्रश्न उठेको छ ।’’ 

थापाले नेपालमा पछिल्लो समय बलात्कारका घटनाहरु बढीरहेको भएपनि विश्वका अन्य देशहरुको तुलनामा अवस्था चिन्तजनक नभएको बताएका छन् । विश्वका २ सय भन्दा बढी देशको तथ्याङ्क विश्लेषण गर्दा नेपाल यस्ता घटनामा धेरै पछाडि रहेको बताएका छ् । उनले भने, ‘‘झण्डै सवा २०० कन्ट्रीहरुको अवस्था विश्लेषण गर्दा हामी धेरै चिन्तित हुनुपर्ने स्थिति पनि होइन । सरकारको तर्फबाट न्यूनीकरणमा प्रयासहरु भएका छन् र हाम्रो स्थान पछाडिबाट हेर्दा सवा दुई सवा भित्र हामी टप १५ मा छौं । अमेरिका पनि टप १० भित्र पर्छ । त्यहाँ बलात्कार घटना प्रतिमिनेट ७ वटा हुने कुरा आएको छ । तर पनि हामीले हाम्रो अवस्था बदल्न जरुरी रहेको छ । यस्ता घटना रोक्न सरकारले आफ्नो तर्फबाट अधिकतम प्रयास गरिरहेको छ ।’’ 

बैठकमा नेपाली प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीले निर्मला पन्तको बलात्कार र हत्याको निष्कर्षमा छिटो पुग्ने गरी काम भइरहेको बताए । घटनाको अनुसन्धान गर्नका लागि प्रहरी प्रधान कार्यालयबाट नै अधिकृत पठाइएको उल्लेख गर्दै उहाँनले निर्मला पन्तको अनुसन्धानमा खटिएका अधिकृत अहिले बझाङको सम्झना कामीको बलात्कार तथा हत्याको अनुसन्धान गर्नका लागि सहयोगीको रूपमा पनि खटिएको बताए । पन्तको घटनापछि प्रहरीको छबिमा नै धब्बा लागेको भन्दै उनले घटना पार लगाउन नसके सदाका लागि त्यो धब्बा हुनेछ भन्नेमा आफुहरु सचेत रहेको बताए । उनले भने, ‘‘निर्मला पन्तको केसमा औपचारिक र अनौपचारिक रुपमा अनुसन्धान भइरहेको छ । प्रधान कार्यालयबाट नै हामीले अनुसन्धानका लागि अधिकृत पठाएका छौँ । घटनाको अहिले रिभ्यू गरिरहेको अवस्थामा छौँ । तर यो केसमा यातना दिएको भनेर प्रहरीलाई सामान्य जिल्ला अदालतबाट यातना नदिएको भनेर सफाइ दिएको अवस्था छ । त्यो सफाइले अलिकति तत्कालिन अवस्थामा हामीले गरेको अनुसन्धानमा त्यो कुरा होइन भन्ने कुरा अदालतले स्वीकार गरेको भएर विगतको कुरा सही थियो भन्ने भयो । त्यसलाई छिट्टै टुंगोमा पु¥याने गरी काम भइरहेको छ । निर्मला प्रकरणले नेपाल प्रहरीको इमेजको गतिमा योगदान भन्ने की के भन्ने जुन गरेको थियो त्यो धब्बा थियो । यो घटनामा हामीले पनि पार लगाउन नसके सदाका लागि धब्बा हुनेछ भन्नेमा सचेत रहेका छौँ । छिटो निष्कर्षमा पुग्ने गरी काम गरिरहेका छौँ ।’’
 

प्रतिक्रिया दिनुहोस