नेपालमा थप ४ जनाको मृत्यु, १ हजार ३५१ जना संक्रमित थपिए, ७४२ जना निको भए

सफल खबर संवाददाता

सोमबार, १२ असोज २०७७, १६ : २७
नेपालमा थप ४ जनाको मृत्यु, १ हजार ३५१ जना संक्रमित थपिए, ७४२ जना निको भए

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् ।

यससँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ४८१ पुगेको छ । यस्तै आज थप १ हजार ३५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ७४२ जना निको भएर घर फर्किएका छन् । यस्तै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको छ । जसमध्ये ५४ हजार ६४० जना निको भएर घर फर्किएका छन् ।