वाग्मती । मकवानपुर जिल्लामा खोलाले बगाउँदा एक दम्पतीको आज मृत्यु भएको छ ।
मकवानपुरगढी गाउँपालिकामा सामरी खोलाले बगाउँदा पतिपत्नीको मृत्यु भएको हो । मकवानपुरगढी –६ बाट वडा नं ३ तर्फ जानेक्रममा खोला तर्दा सोही ठाउँका ज्ञानबहादुर परियार र उनकी पत्नी तुलसाको बगेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मकवानपुर गढीका प्रहरी नायब उपरीक्षक कृष्ण केसीले जानकारी दिए ।
उनीहरुलाई खोलाले बगाएर ६० फिट तलसम्म पु¥याएको थियो । यसअघि मकवानपुरका विभिन्न स्थानमा खोलामा शनिबार डुबेर तीन जनाको मृत्यु भएको थियो । केही दिनयता परेको अविरल वर्षाले मकवानपुरका विभिन्न खोलामा पानीको वहाब तीव्र छ ।


प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, ११ असोज २०७७, १७ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु
रोकिएको ट्रकमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु