काठमाडौँ । रौतहटको देवाही गोनाही नगरपालिकामा एक महिलाको हत्या भएको छ । उनका श्रीमान्को अवस्था गम्भीर छ ।
देवाही गोनाही–५ टिकुलियाका महेश तिवारी र उनकी पत्नी जगरामी देवीमाथि आक्रमण हुँदा जगरामी मृत्यु भएको प्रहरीले जनाएको छ । चार जनाको समूहमा आएका व्यक्तिले धारिलो हतियारले प्रहार गर्दा घाइते भएका तिवारी दम्पतीलाई उपचारका लागि वीरगञ्ज लगिएको थियो ।
उपचारकै क्रममा आज जगरामीको मृत्यु भएको छ भने वीरगंञ्जस्थित न्यूरो अस्पतालमा उपचार गराइरहेको महेशको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सिद्धि विक्रम शाहले जानकारी दिनुभयो ।
उनीहरुले जग्गा विवादमा साक्षी बसेको भन्दै तिवारी दम्पतीमाथि आक्रमण भएको प्रहरीको प्रारम्भीक अनुमान छ । घटनामा संलग्न बलीराम मुखिया बिन पक्राउ परिसकेको छ भने बाँकीको खोजी भइरहेको प्रहरी उपरीक्षक शाहले बताउनुभयो ।
जग्गा विवादका कारण परेको मुद्दामा साक्षी बसेका तिवारी दम्पतीलाई शुक्रबार साँझ देवाही गोनाही–५ का सोनालाल मुखिया बिन, प्रजित मुखिया बिन र बलिराम मुखिया बिन सहित चार जना मिलेर आक्रमण गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १० असोज २०७७, २१ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जुम्लाबाट हवाई उद्धार गरिएकी सुत्केरी महिलाको उपचारका क्रममा मृत्यु
सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु
पोखरीमा डुबेर युवकको मृत्यु
माटोको ढिस्कोले पुरिएर किशोरीको मृत्यु
टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु
रुपन्देहीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु