पाल्पा । रम्भा गाउँपालिका–२ बेलौजामा बिहीबार बिहान पहिराले घर पुरिँदा बेपत्ता भएका पाँच जनाको शव भेटिएको छ । गए राति थप दुई जनाको शव भेटिएको हो । शुक्रबार दिउँसो तीन जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन गिरीले बताए ।
घरमूली ६० वर्षीय हुमबहादुर गाहा र उनकी श्रीमती ५० वर्षीया हुमीसरा गाहाको शव भेटिएको सूचना अधिकारी गिरीले बताए । शुक्रबार दिउँसो कृष्णमाया गाहा, लक्ष्मी गाहा, र खुसीसारा आलेको शव भेटिएको गाउँपालिका अध्यक्ष विष्णु भण्डारीले बताउनुभयो । वर्षाका कारण बिहीबार खोजीकार्य हुन सकेको थिएन ।
शुक्रबार बिहानदेखि नै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र स्थानीयवासीाको सक्रियतामा खोजीकार्य भएपछि शव भेटिएको हो । झोक्दी र बेलौजा बीचको जङ्गलमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । सडकमा पहिरो खस्दा आवतजावतमा समस्या भएको थियो । अवरुद्ध सडक खुलाउन डोजरले काम गरे पनि पहिरो खस्नेक्रम नरोकिएका कारण समस्या भएको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १० असोज २०७७, ०९ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पहिरो खसेपछि कालीगण्डकी करिडोर अवरुद्ध
म्याग्दीमा पहिरो खस्दा बुबाको मृत्यु, छोरा बेपत्ता
अछाममा पहिरोले सडक अवरुद्ध, एक घर जोखिममा
पहिरोले घर पुरिँदा चार जना घाइते
पहिरोले विद्यालय भवन भत्किँदा पठनपाठन प्रभावित
पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर एकतर्फी सञ्चालनमा