बाढीपहिरोमा ज्यान गुमाउने २३४ कोे जनाको शव नेपाली सेनाद्धारा व्यवस्थापन

रासस

शुक्रबार, ०९ असोज २०७७, २२ : १७
बाढीपहिरोमा ज्यान गुमाउने २३४ कोे जनाको शव नेपाली सेनाद्धारा व्यवस्थापन

काठमाडौँ । नेपाली सेनाले यस वर्षको मनसुन शुरु भएयता मुलुकका विभिन्न भागमा गएको  बाढी, पहिरो र अरु प्राकृतिक प्रकोपका घटनामा परी ज्यान गुमाएका २३४ जनाको शव व्यवस्थापन गरेको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार उक्त अवधिमा त्यस्ता प्राकृतिक प्रकोपका घटनाबाट अप्ठेरामा परेका ३९९ जनाको जीवित उद्धार गरिएको छ ।

सेनाले घटना अप्ठेरामा परेका ४३४ जनालाई सुरक्षित स्थानान्तरण गरिएको, ५८६  नागरिकलाई सुुरक्षित स्थानमा सार्न सहयोग पु¥याइएको, अवरुद्ध २३  सडकको पहिरो हटाएर पुनःसञ्चालन गरिएको तथा २६ पुल मर्मत र तटबन्ध निर्माण गरिएको जनाएको छ ।

उक्त अवधिमा डुबानमा परेका ७०० जनालाई  सहयोग पु¥याइएको,  आगलागीका दुई घटनाको नियन्त्रण गरेको तथा ५४  सर्वसाधारणलाई विभिन्न कोणबाट सहयोग गरिएको सेनाले जानकारी दिएको छ ।  यस्ता विपद्का  घटनामा सेनाका तत्तत्स्थानीय एकाइबाट खटिएका टोलीले उद्धार र सहयोग गरेका  हुन् ।

सिन्धुपाल्चोक, धादिङ, सुनसरी, कपिलवस्तु, बागलुङ, स्याङ्जा, मकवानपुर, पाल्पालगायत जिल्लामा भएका  पछिल्ला बाढीपहिरो र अन्य दुर्घटनास्थलमा खटिएर उद्धार र सहयोगमा सैनिक जुटेको सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।